फागुनमा कोहलपुर महोत्सव गर्ने तयारी

75

कोहलपुर, माघ ८-
आगामी फागुन ६ देखि १६ गतेसम्म कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शन मेला–२०७३ हुने भएको छ । रुद्राक्ष फिल्मस् प्रा.लि. र ग्रिन सिटी युथ क्लबको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर बनाउने अवधारणाका साथ महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मुल समितिका संयोजक रुद्र खनालले जानकारी दिए । उनका अनुसार महोत्सवपछि कोहलपुरलाई हरित नगर तथा फोहरमुक्त शहरका रुपमा स्थापित गराउन तत्काल प्रभाव पर्ने खालका गतिविधी सञ्चालन गरिनेछ ।

‘महोत्सवबाट संकलन हुने आर्थिक स्रोतले कोहलपुरलाई हरित नगर बनाउने अभियानमा प्रत्यक्ष रुपमा जोडिनेछौं,’ उनले भने ‘कोहलपुरलाई हरित नगर बनाउने अभियानमा समाजका सबै पक्षलाई समेटेर सभ्य समाजिका संस्कार बसाल्न सबैमा चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्नेछौं ।’ स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न उपभोक्ताबीच पहुँच स्थापित गर्ने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्वन्ध कायम गराउने, सूचना प्रविधीको महत्व जानकारी गराउने, स्थानीय तहको कृषि विकासमा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको उनले जानकारी दिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको विविध सांस्कृतिक कार्यक्रम, बालबाटिका, सर्कस, विभिन्न व्यवसायिक तथा सेवामुलक स्टल, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रदर्शन तथा अवलोकन लगायतका आकर्षण रहने आयोजकको भनाई छ ।

Womui
Womui