बन्दले जनजीवन प्रभावित, झन् कडा बनाउने तरुण दलको चेतावनी

117

नेपालगन्ज, पुस २४-
नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाँकेले गरेको बन्दले आइतबार जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरिका सवारी साधन चल्न पाएनन् । नेपालगन्ज र कोहलपुर क्षेत्रको व्यापार व्यवसाय भने छिटपुट रुपमा सञ्चालनमा आयो । बन्द सफल पार्न भन्दै कांग्रेस र तरुण दलका कार्यकर्ता दिनभर नेपालगन्ज, कोहलपुर क्षेत्रमा परिचालित भएका थिए । उनीहरुले साना सवारी साधनलाई पनि सञ्चालनमा दिनभर रोक लगाए । स्थानीय विपी चोकमा बन्दकर्ताले सडकमा टायर बालेर विरोध जनाएको प्रहरीले जनाएको छ । तरुण दलले शिक्षण संस्थालाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिएको छ ।

banda-tarun-dal

शिक्षण संस्थाका कुनैपनि सवारी साधनलाई रोक नलगाइएको तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र शाहले बताए । यस्तै बन्दमा कुटनीतिक नियोग, एम्बुलेन्स र सञ्चारकर्मीका सवारी साधनलाई पनि रोक नलगाइएको उनले प्रष्ट्याए । एमाले निकट युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी (गोरे)माथी खुकुरी प्रहार भएको घटना अनुसन्धानका लागी भन्दै तरुण दल क्षेत्र नम्वर १ का अध्यक्ष दिग्वजय जंग राणालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार गरेको थियो । प्रहरीले अनुसन्धानका नाममा पुर्वाग्रही ढंगले तरुण दलका नेता कार्यकर्तालाई पक्राउ गरी दुःख दिएको भन्दै तरुण दलले आइतबारबाट अनिश्चितकालिन बाँके बन्द गरेको हो ।

क्षेत्रीय अध्यक्ष राणालाई मुक्त गर्नुको साटो प्रहरीले आइतबार सार्वजनिक मुद्दा दर्ता गरेको भन्दै तरुण दलले बन्दलाई सोमबारबाट झन् कडा बनाउने चेतावनी दिएको छ । तरुण दलले आइतबार बेलुका नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफ्ना नेतालाई प्रहरीले मुक्त नगर्दा सम्म बन्द यथावत राख्ने चेतावनी दिएको हो । ‘प्रहरीले मुक्त नगर्दा सम्म हामी बाँके जिल्ला मात्र होईन, पुरै नेपाल बन्द गर्न बाध्य हुनेछौं,’ जिल्ला अध्यक्ष शाहले भने ।

तरुण दलका केन्द्रिय अध्यक्षले निकालेको विज्ञप्ती ।
तरुण दलका केन्द्रिय अध्यक्षले निकालेको विज्ञप्ती ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले आइतबार राणालाई सार्वजनिक मुद्दा दर्ता गरेको डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । ‘दिग्वजय सहित ११ जना विरुद्ध १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने । खुकुरी काण्डमा मुछिएका कसैलाई पनि राजनीतिक दवावका आधारमा नछाड्ने डिएसपी काफ्लेले दाबी गरे । यसैबीच तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोधको भावना राखी प्रहरी प्रशासनले झुठो आरोपमा फसाउने काम गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

Womui
Womui