भार्गव बैंकको १ अर्व ५२ करोड निक्षेप

70

नेपालगन्ज, पुस २३-
भार्गव विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्त सम्म १ अर्व ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व २३ करोड कर्जा लगानी गरेको छ । बैकको वित्तीय विवरणको आकार गत वर्षको भन्दा बढेको बैंकले जनाएको छ ।

बैंकको साधारण सभामा उपस्थित शेयरधनी, कर्मचारी लगायत ।
बैंकको साधारण सभामा उपस्थित शेयरधनी, कर्मचारी लगायत ।

बैंकले शनिबार गरेको ९ औं साधारण सभामा यस्तो जानकारी दिएको हो । बैंकले गत वर्ष २०७२ को असोज मसान्तमा १ करोड १६ लाख बैंकले निक्षेप संकलन गरेको थियो । २०७३ असोज मसान्तमा ३६.३९ प्रतिशतले बृद्घि हुन गई १ अर्ब ५२ करोड तथा २०७२ असोज मसान्तमा ८४ करोड ५७ लाख कर्जा लगानी गरेकोमा २०७३ असोज मसान्तमा ४६.०२ प्रतिशतले बृद्घि हनु गई १ अर्ब २३ करोड कर्जा लगानी गरेको छ । बाँके, बर्दिया र दाङ जिल्लामा कार्यक्षेत्र रहेको स्थानीय विकास बैंक भार्गवको हाल केन्द्रिय कार्यालय सहित ९ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Womui
Womui