तरुण दलले घोषणा गर्यो अनिश्चितकालिन बाँके बन्द

47

नेपालगन्ज, पुस २३-
आफ्ना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धानका नाममा दुःख दिएको भन्दै नेपाल तरुण दल बाँकेले आइतबार(भोली) देखि बाँके जिल्ला अनिश्चित कालका लागी बन्द आब्हान गरेको छ । युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी(गोरे) माथी खुकुरी प्रहारको घटनामा अनुसन्धानका लागी भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार दिउँसो तरुण दल बाँके क्षेत्र नम्वर १ का सभापति दिगविजय जंग राणालाई पक्राउ गरेको थियो । यसअघि सोही घटनाको विषयमा सोधपुछका लागी भन्दै कोहलपुर प्रहरीले राणालाई पक्राउ गरेर छाडेको थियो ।

 तरुण दलले शनिबार अपरान्ह कोहलपुरमा गरेको चक्काजाम । तस्बिर साभार : पश्चिम न्यूज

तरुण दलले शनिबार अपरान्ह कोहलपुरमा गरेको चक्काजाम । तस्बिर साभार : पश्चिम न्यूज

घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी अनावश्यक रुपमा प्रहरीले दुःख दिएको र निर्दोश व्यक्तिलाई छाडिदिन पटक–पटक गरेको आग्रहलाई प्रहरीले बेवास्ता गरेपछि बाँके बन्द आब्हान गरिएको तरुण दलका जिल्ला सचिव बिनोद रिजालले बताए । तरुण दलले प्रहरी ज्यादती बढेको भन्दै शनिबार अपरान्ह कोहलपुरमा एक घण्टा चक्काजाम पनि गरेको थियो । ‘घटनाको अनुसन्धान गर्ने प्रहरीको काममा हाम्रो कुनै असहयोग थिएन, तर निर्दोश व्यक्तिलाई पटक–पटक पक्राउ गर्ने र छाड्ने काम प्रहरीबाट जसरी भइरहेको छ, यसका विरुद्ध हामी आन्दोलित बनेका हौं,’ उनले भने ।

इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले अध्यक्ष राणालाई अनुसन्धानका लागी पक्राउ गरिएको बताएका छन् । खुकुरी प्रहारका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले काठमाडौंमा शुक्रबार पक्राउ गरिसकेको छ । अभियुक्त आफ्ना संगठनमा संलग्न नरहेको कुरा यसअघि नै तरुण दल र युवा संघले विज्ञप्ती मार्फत प्रष्ट्याइसकेका छन् । यद्यपी लक्ष्मण एमालेका अधिकांस कार्यक्रममा सहभागी भएका तस्बिर फेला परेकाले उनी एमाले नजिक रहेको प्रहरीले यसअघि बताइसकेको छ ।

Womui
Womui