यात्रु बसको ठक्करले पाटे बाघ मर्‍यो

35

बर्दिया, पुस ७-

जिल्लामा यात्रु बसले ठक्कर दिँदा एक पाटे बाघ मरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो क्रस गर्न लागेको बाघलाई कैलालीको अत्तरीयाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा पाटे बाघ मरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार बाघको घटनास्थलमै मृत्यु भएको छ । बाघ मरेलगत्तै बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको थापाले जानकारी दिए । कर्णाली-अम्रेनी सडकखण्डमा ना४ख२८८७ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा बयस्क भाले पाटे बाघको मृत्यु भएको हो । बाघले चितुवालाई लखेट्दै आएको र चितुवाले बाटो क्रस गरे पनि बाघ भने बसमा ठोक्किएको बयान चालकले दिएको वार्डेन थापाले जानकारी दिए ।

Womui
Womui