राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा हुँदै आजै भारत फर्कने

78

काठमाडौं, कात्तिक १९-

pranavभारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्। मुखर्जी जानकी मन्दिरमा पूजा गरेर तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा सहभागी हुने छन्। त्यस पछि पोखरा जाने मुखर्जी रामबजारस्थित भारतीय गोर्खा पेन्सन क्याम्पमा आयोजिक कार्यक्रममा सहभागी हुने छन्। राष्ट्रपति मुखर्जीको टोलीलाई शुक्रबार बिहान जनकपुर उड्नासाथ मनोरम हिमशृंखला अवलोकन (माउन्टेन फ्लाइट) पनि गराउने कार्यक्रम रहेको छ।

मुखर्जीको ६० सदस्यीय टोलीका लागि ४७ सिट क्षमतायुक्त ‘एटिआर–४२’ सिरिजका दुई थान जहाज तयारी अवस्थामा राखिएका छन्। दुई जहाजका ९४ सिटमा भारतीय पक्षका ६० र बाँकीमा पर्यटनमन्त्री जीवनबहादुर शाही, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीलगायत हुनेछन्। मुखर्जी टोलीको भ्रमण क्रममा आन्तरिक यातायात व्यवस्थापनको जिम्मा पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध एयरलाई पत्राचार गरी कात्तिक १९ गते (शुक्रबार) का लागि दुइटा जहाज उपलब्ध गराइदिन आग्रह गरेपछि बुद्धले ३० लाख भाडामा जहाज व्यवस्था गरेको हो।

Womui
Womui