भारतले नेपाली जुटमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउने

137

काठमाडौं, कात्तिक १९-

नेपालबाट निर्यात हुने जुटजन्य सामग्रीमा भारतले अतिरिक्त कर (एन्टी डम्पिङ ड्युटी) लगाउने तयारी गरेको छ । भारतीय जुट उद्योगीहरूको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ । कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यान्वयनमा ल्याइसकेको भने छैन । भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरू चिन्तित बनेका छन् । बन्दहड्ताल, चन्दाआतंक, मजदुर अभाव, लोडसेडिङलगायतका समस्याबाट ग्रसित उद्योगीहरू चिन्तित बनेको समाचार आजको कारोबार खबरमा छ  । यसबाट यो क्षेत्रका जुट उद्योगीहरू चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् । यो क्षेत्रमा स्थापित ११ जुट उद्योगमध्ये हाल अरिहन्त, रघुपति, स्वस्तिक र बाबामात्रै सञ्चालनमा छन् ।

संविधान जारी भएर मुलुकको राजनीतिकमा सुधार हुँदै गएसँगै नेपाल जुट, चन्द्रशिव र गुह्येश्वरी ट्वाइन पुनः सञ्चालनको तयारीमा थिए । हाल यी तीनवटै उद्योग बन्द छन् । सञ्चालनमा रहेका ४ वटा उद्योगमा १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पुनः सञ्चालनको तयारीमा रहेका तीनवटा थपिँदा १५ हजार बढीले रोजगारी पाउने नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । ११ वटै उद्योग सञ्चालन हुँदा २० हजारभन्दा बढीले रोजगारी पाएका थिए । नेपालमा मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै जुट उद्योग सञ्चालित छन् ।

Womui
Womui