आन्तरिक उडानमा वायुसेवा निगमको उल्लेख्य वृद्धि

125

काठमाडौं, असोज १९-
दसैंका बेला यात्रुको बढ्दो चापलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडान संख्यामा उल्लेख्य वृद्धि गरेको छ । निगमले दसैंमा एक वर्षदेखि थन्किएका चिनियाँ जहाजसमेत सञ्चालनमा ल्याइ २२ आन्तरिक गन्तव्यमा उडान गर्न थालेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल २ ट्वीनअटर २ चिनियाँ जहाज छन् । निगमसँग रहेको १७ सिट क्षमताको वाई १२–ई सिरिजको एकमात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रपबाट प्रशिक्षक पाइलट ल्याएसँगै एक वर्षपछि जहाज उडान सुरु भएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

nepal-air

निगमले बुधबारदेखि दुवै चिनियाँ जहाज तथा दुई ट्वीनटर जहाजमार्फत आन्तरिक उडान गर्न थालेको छ,’ प्रवक्ता शर्माले भने । निगमसँग वाई १२– ई का १० को–पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन् । निगमको अर्को एमए ६० जहाज पनि लामो समयदेखि थन्किएको थियो । ट्वीनटर जहाजको पनि मर्मत हुन सकेको थिएन । वाई १२–ई का प्रशिक्षक पाइलट पेनिटालाई तीन महिनाका लागि करारमा नियुक्त गरिएको छ । उनका लागि निगमले दैनिक ५ सय डलर खर्च गरेको छ । निगमले बुधबारदेखि भैरहवा, सिमरा, ताप्लेजुङ, काँगेलडाँडा, फाप्लु, लामिडाँडा, खानीडाँडा, रुकुम, चैरजहारी, भोजपुर, रुम्जाटार, थामखर्क, लुक्ला, नेपालगन्ज, सिमकोट, डोल्पा, बाजुरा, विराटनगर, धनगढी, पोखरा, भैरहवा तथा सिमरामा उडान गर्ने गरेको छ । यो खबर आजको कारोबार दैनिकमा छ ।

Womui
Womui