होटल व्यवसायी संघ भवन बनाउन कस्सियो

160

नेपालगन्ज, असोज ४–
होटल व्यवसायी संघ नेपालगन्ज बाँकेले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा सम्पन्न नवौं बैठकले भवन निर्माण, होटल व्यवसायी महासंघको अधिवेशन, सदस्य मनोनयन, रक्तदान, कार्यालय सचिव नियुक्त लगायत सम्वन्धनमा महत्वपुर्ण निर्णय गरेको हो । बैठकले नेपालगन्ज–५ बसपार्कमा होटल व्यवसायी संघको भवन निर्माण गर्ने निर्णय गरेको छ । यसका लागी अध्यक्ष निमबहादुर थापाको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिको सदस्यमा मदनकुमार विसी, दिपेन्द्रकुमार जोशी, भाष्कर काफ्ले, जनार्दन पाण्डे, उमा ग्राण्डन, प्रेमबहादुर खत्री, भिमलाल कडेंल, पिताम्बर मरासिनी, रबीन्द्र लामिछाने, घनश्याम थापा, रंगबहादुर खड्का, उपेन्द्रबहादुर शाही, रामबहादुर लिम्बु र देवीराम मरासिनी रहेका छन् । यस्तै घनश्याम थापाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा राजकुमार बिक, प्रेमबहादुर खत्री, उमा ग्राण्डन र रबीन्द्र लामिछाने रहेका छन् ।

यसैगरी भिमलाल कडेंलको संयोजकत्वमा गठित नक्सा पास समितिको सदस्यमा रंगबहादुर खड्का र उपेन्द्रबहादुर शाही सदस्य रहेको अध्यक्ष थापाले जानकारी दिए । बैठकले होटल व्यवसायी महासंघको कुनैपनि गतिविधीमा सहभागी नहुने निर्णय गरेको छ । गत भदौं १३ र १४ गते चितवनमा सम्पन्न महासंघको महाधिवेशनमा निर्वाचन रोकेर प्रतिनिधी छानविन गर्न भनि निवेदन दिदाँ समेत वेवास्ता गरि निर्वाचन प्रक्रिया चलाएको हुनाले होटल व्यवसायी संघ बाँकेको टोली निर्वाचन बहिस्कार गरेर फर्किएको थियो ।

Womui
Womui