मुसर्रफको सम्पत्ति जफत गर्न अदालतको आदेश

135
पाकिस्तान(एजेन्सी), असोज २-
parbej aliपूर्व अार्मी शासक परवेज मुसर्रफको सम्पत्ति जफत गर्ने आदेश पाकिस्तानको एक अदालतले दिएको छ । मुसर्रफविरुद्ध सन् २००७ मा लाल मस्जिद अभियानमा एक धर्मगुरुको हत्यासम्बन्धी मुद्दाको सुनुवाइमा उक्त आदेश दिएको हो । पाकिस्तानको राजधानी इस्लामावादमा ७३ वर्षका मुसर्रफमाथि लाल मस्जिद अभियानमा मौलवी (धर्म गुरु) अब्दुल रसिद गाजीको हत्याको मुद्धा चलिरहेको थियो। मुसर्रफ अहिले उपचारका क्रममा दुबईमा छन्। जिल्ला न्यायाधीश परवेज उल कादिर मेननको इजलासले शनिबार मुसर्रफको सम्पत्ति जफत गर्ने निर्णय सुनाएको हो। मुसर्रफलाई अदालतले बारम्बार अदालतमा आउन गरेको आदेश अटेर गरेपछि उनको सम्पत्ति जफत गर्ने निर्णय भएको हो।
Womui
Womui