सहयोग संकलन गरी बिरामीलाई हस्तान्तरण

115

नेपालगन्ज, भदौ २६–
विपन्न परिवारका एक बिरामीलाई उपचारका लागी सहयोग स्वरुप स्थानीय स्तरबाट संकलन गरिएको ७० हजार ५ सय ७ रुपैयाँ हस्तान्तरण गरिएको छ । सुर्खेत भेरीगंगा नगरपालिका वडानम्बर ४ झिग्निकी दृष्टिविहिन कुश्मा सुनारका पति तुलसीराम बि.क.लाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण भारतको हिमाञ्चल गएका बि.क स्याउको भारी बोक्ने क्रममा चिप्लेर लडेका थिए । लड्दा उनको दाहिने खुट्टा भाँच्चिएको थियो । त्यहाँ रहेका नेपालीले सहयोग उठाएर बिकलाई नेपालगन्ज सम्म पु¥याएका थिए । नेपालगन्ज पु¥याए पश्चात उनको उपचार वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार शुरु भयो ।

सहयोग रकम हस्तान्तरण गरिदै ।
सहयोग रकम हस्तान्तरण गरिदै ।

उपचार गर्दा लाग्ने रकम नभएर समस्यामा परेका बिकको परिवारलाई मलहम लगाउन युवा समाजसेवी शेरेन्द्रकुमार सोनीले नेतृत्व गरे । उनको सक्रियतामा विभिन्न संघ, संस्था तथा व्यक्तिबाट सहयोग संकलन गरिएको थियो । घाईते बिककी पत्नी दृष्टिबिहिन हुन् । दुधे बालकलाई च्यापेर दृष्टिबिहिन महिलाले आफ्नो पतिको स्याहार–सुसार गरेको देखेर निकै प्रभावित भएका सोनीले निस्वार्थ भावनाले सहयोग गर्ने सोच बनाएका थिए । ‘आफुले आँखा नदेखेपनि पतिको सेवा गरेको देख्दा म धेरै प्रभावित भए, त्यसपछि मैले उनको उपचारका लागि सहयोग संकलनको अभियान थालेको हुँ,’ सोनीले सदभावसँग भने ।

उनी नेपालगन्ज मेडिकल कलेज चिसापानीका सामान्य कर्मचारी हुन् । समाज सेवा गरिब, दुःखीबाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्ने सोनीले यस अभियानबाट समाज सेवामा लाग्न धेरैलाई प्रेरणा दिएका छन् । नेपालगन्जमा आइतबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी सोनी र कार्यक्रमका प्रमुख अतिथी युरासिया रेयुकाईका नेपाल प्रमुख चक्रबहादुर चन्दले बिरामी तुलसिराम बि.क. र उनकी पत्नी कुश्मा सुनारलाई चेक हस्तान्तरण गरेका थिए ।

Womui
Womui