राजस्व छल्ने पेप्सी उत्पादक विरुद्द राजस्व अनुसन्धानद्वारा मुद्दा

103

छिनछिन खबर
काठमाडौं– राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको दावी गर्दै पेप्सी उत्पादक कम्पनी वरुण वेभेरेजका संचालकविरुद्द मुद्दा दर्ता गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले वरुण वेभरेजले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको पुष्टी भएपछि मुद्दा दायर गरिएको बताए ।

‘बहुराष्ट्रिय कम्पनीले नै नेपालमा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्नु राम्रो होइन, ठूलो कम्पनीले नै कानून विपरितको काम गरेको देखियो,’मैनालीले पत्रकार सम्मेलनमा भने । पेप्सीको उत्पादक कम्पनी वरुण वेभरेजले २५ करोड ३४ लाख रुपैयाँ नक्कली भ्याटबिल प्रयोग गरेको छ । आयकर तर्फ भने वरुण वेभरेजले ३९ करोड ६१ लाख रुपैयाँ ठगेको थियो । विभागले ६४ करोड ९६ लाख रुपैयाँ बिगो कायम राखेर त्यसको दोब्बर १ अर्ब ९४ करोड जम्म जरिवाना र ३ वर्षसम्म सजाय माग राख्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।

विभागले वेभरेजका संचालक अमित गुप्ता, रविकान्त ताजपुरिया,रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोदकुमार सिहं विरुद्द पनि जेल सजाय माग राखेको छ । वरुण वेभरेज भारतीय कम्पनी हो । जसले नेपालमा अमेरिकन पेय उत्पादक कम्पनी पेप्सीको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

Womui
Womui