बस दुर्घटना हुँदा दाङमा १ भारतीय नागरिकको मृत्यु

33

छिनछिन खबर
दाङ, भदौ ६ । बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१७ नम्बरको बस मंगलबार खौसापुरदेखि करिब तीन समय मिटर अगाडि खोलामा पल्टिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत शिवहरीका अन्दाजी ३० वर्षीय हरिकिशोर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ

Womui
Womui