कम पहेँलो कार्ड पाउँदा एसियाली मुलुक जापान अन्तिम १६ मा

86

काठमाडौं, असार १४ (एजेन्सी) । फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ’एच’ बाट कोलम्बिया र जापान अन्तिम १६ मा पुगेका छन् । बिहीबार पोल्यान्डसँग १–० गोलले पराजित भएपनि जापानले अन्तिम १६ मा स्थान पक्का गरेको हो । यता कोलम्बियाले अन्तिम खेलमा सेनेगललाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । कोलम्बिायका लागि मिनाले ७४ मिनेटमा गोल गरे ।

समूहमा कोलम्बियाले ६ अंक जोड्दै समूह विजेता बन्यो। जापान समूह उपविजेता बन्यो । जापान र सेनेगलले ४–४ अंक जोडे । दुबै टिमको गोलअन्तर पनि समान थियो । तर जापानले कम पहेँलो कार्ड पाएका कारण सेनेगललाई पछि पार्न सफल भयो ।

Womui
Womui