४५ लाख रुपैयाँको चरेससहित दुई पक्राउ

51

छिनछिन खबर
नेपालगन्ज, वैशाख १५ ।
नेपालगन्ज उपमहानगर– ९ निवासी ४२ वर्षीया संजू वर्मा र १९ वर्षका नईम ढपालील १५ किलो चरेसहित शनिबार पक्राउ परेका छन् ।

नेपालगन्जबाट भारततर्फ चरेस लैजाने क्रममा रुपैडिहाको एसएसबीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद गरिएको चरेसको मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने एसएबीले जनाएको छ ।

Womui
Womui