मैथिल ब्राह्मण समाजद्वारा तीजमा सरबत वितरण

32

नेपालगन्ज, भदौ १९–

Womui

2

बागेश्वरी मन्दिरमा तीज व्रत बसेका महिलाहरूका लागि सरबत वितरण गरिएको छ । मैथिल ब्राह्मण सभा जिल्ला कार्य समिति, बाँकेले महिलालाई सरबत वितरण गरेको हो । तीजमा नाचगान गरेर थाकेका महिलालाई ध्यानमा राख्दै सरबत वितरण गरेको समिति अध्यक्ष नरेश झाले बताए । ‘पानी पिउन नपाएर महिलालाई समस्या नहोस भन्ने उद्देश्यले सरबत वितरण गरेका हौं,’ उनले भने । यसअघिका वर्ष नाचगान गर्ने क्रममा पानी पिउन नपाएर कतिपय महिला बेहोस भएको उनले बताए । उनका अनुसार वितरण गर्दा १४० जार पानी, एक क्विन्टल चिनी, र ६ कार्टुन रसना (जुसको पाउडर) वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui