बजार पठाउन तयारी अवस्थामा रहेको २२ ग्यास सिलिण्डर जफत

41
काठमाडौं, भदौ १४-
म्याद सकिएका सिलिण्डरमा ग्यार भरेर बजार पठाउने तयारी अवस्थामा रहेका २२ सिलिण्डरलाई जफत गरिएको छ । बनेमा रहेको सूर्य ग्यास उद्योगले बजार पठाउने तयारी गरेको उक्त सिलिण्डरलाई गुणस्तर तथा नापतौल विभागले उद्योग परिसरबाट जफत गरेको हो ।  ‘उद्योगले उपभोक्ताको सुरक्षामा कुनै ख्याल नगरी म्याद सकिएको सिलिण्डर फिलिङ गरेको अवस्थामा फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने । उद्योगले आजसम्म सिलिण्डरको हाइड्रोस्टाटिक परीक्षणसमेत नगर्ने गरेको र ग्यास सिलिण्डरको भौतिक अवस्था पनि नाजुक अवस्थामा फेला परेको उनले बताए । कैफियत देखिएका अन्य सिलिण्डरमा ग्यास भर्न रोक लगाएको पुडासैनीले जानकारी दिए ।
Womui
Womui