१४ राजदूतको सिफारिस फिर्ता

96

काठमाडौं, साउन २३–
केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका राजदूतको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्टाएको छ । शुक्रबार बसेको मन्त्रि परिषद्को बैठकले राजनीतिक पृष्ठभूमिका आधारमा सिफारिस गरिएका १४ जना राजदूतको नाम फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको अघिल्लो सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतमध्ये परराष्ट्र सेवाका आठजना राजदूतको संसदीय सुनुवाइ विशेष समितिले यसअघि नै गरिसकेको छ।

Cabinet

राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित बाँकी १४ राजदूतहरुको सुनुवाइ भने बाँकी थियो । संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ गरिसकेका छ । परराष्ट्र सेवाबाट प्रस्तावित यी राजदूत बाहेक राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित बाँकी १४ राजदूतहरुको सिफारिस भने प्रचण्ड नेतृत्वमा बनेको सरकारले फिर्ता लिन लागेको हो ।

Womui
Womui