अवधी महोत्सवको तयारी तिव्र

196

नेपालगन्ज, साउन २१–
नेपालगन्जमा हुन लागेको प्रथम अन्र्तराष्ट्रिय अवधी महोत्सव तथा अवधी संगोष्ठीको तयारी तिव्र पारिएको छ । अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति नेपालगन्जले तुलसीदासको ५१९ औं जन्म जयन्तीका अवसरमा यही साउन २६ गते महोत्सव गर्दैछ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । महोत्सव दुई दिनसम्म चल्ने छ । त्यस अवसरमा अवधीको अवस्थाबारे विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालले बताए ।

Press Meet

अवधी महोत्सवलाई ऐतिहासिक बनाउन नेपाल र भारतका अवधी क्षेत्रको प्रतिनिधित्व हुने गरी व्यक्तिलाई आमन्त्रित गरिएको पनि उनले जानकारी दिए । उनका अनुसार महोत्सवमा बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङ, कपिलबस्तु, जनकपुर, रुपन्देही, नवलपरासी, सुर्खेत, काठमाडौं तथा भारतका करिव १० जिल्लाबाट ७० भन्दा बढी प्रतिनिधी आउने अध्यक्ष कुमालको भनाई छ । साथै अवधी भाषाको पक्षमा आफ्नो क्षेत्रबाट योगदान दिने विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजकले जानकारी दिएको छ ।

महोत्सवका सम्पुर्ण कार्यक्रम पाँच चरणमा सम्पन्न गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले अवधी भाषा, सँस्कृती लोप हुन लागेका बेला महोत्सव फलदायी हुने बताए । उनले भने, ‘अवधी भाषा, सँस्कृती रक्षाको लागि बेला–बेलामा यस्ता कार्यक्रम भइरहनुपर्छ ।’ पत्रकार सम्मेलनमा प्रतिष्ठानका सचिव वीरेन्द्र यादव, कोषाध्यक्ष जिनु हक लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui