प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

79

काठमाडौं, साउन १९–
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वा्चित भएका छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा दाहालको पक्षामा ३६३ मत र विपक्षामा २१० मत परेको थियो । सभामुख ओनसरी घर्तीले मत परिणाम घोषणा गर्दै दाहाल प्रधानमन्त्रीमा चयन भएकोमा बधाई दिएकी थिईन् । १० बर्षे जनयुद्धको नेतृत्व गरेका दाहालको यो दोस्रोपटक सत्तारोहण हो । यस अघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए ।

Prachanda PM

प्रधानमन्त्री निर्वाचनमा उनी एक्ला उम्मेदवार रहेका थिए । उम्मेदवारीका लागि तोकिएको समयसीमा मंगलबार अपराह्न ४ बजेसम्ममा दाहालको मात्र उम्मेदवारी परेको थियो । संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्ण साथ पाएका दाहाललाई १६ साना दल र मधेसी मोर्चाले समेत साथ दिएको थियो । दोस्रो दल एमालेले विपक्षमा मत दिने निर्णय गरेको थियो । दाहालको प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा केन्द्रकै कृष्णबहादुर महरा, मधेसी मोर्चाका उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायत १६ दलका नेता छन् ।

सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया आह्वान गरेकी थिइन् । २०६३ असारमा खुला राजनीतिमा आएका दाहाल यसअघि २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुख बनेका थिए । कांग्रेसको समर्थन पाउने भएपछि माओवादी असार २८ गते केपी ओली नेतृत्वको सरकारबाट बाहिरिँदै असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टाअघि साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए । नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने दाहाल पहिलो ब्याक्ति हुन् । प्रधान सेनापति रुक्मांगत कटवाल बर्खास्थ गरेपछिको विवाद चर्किंदै गएपछि नेकपा एमाले र मधेसवादी दलको संयुक्त सरकारको नेतृत्व गर्दै आएका दाहालले पदबाट राजीनामा दिएका थिए ।

Womui
Womui