भारतबाट अवैध सामान तस्करी

125

नेपालगन्ज, साउन १८–
भारतबाट भन्सार छलेर ल्याइएको सामानलाई प्रहरीले मंगलबार नेपालगन्जका दुई वटा गोदामबाट बरामद गरेको छ । नेपालगन्ज–२ स्थित न्यू राप्ती ढुवानी सेवा र यमन ढुवानी सेवाको गोदाममा छापा मारेर करिव ७ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । अवैध सामान गोदाम गरेर राखिएको भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोपाल क्षेत्रीले सञ्चालन गरेको न्यु राप्ती ढुवानी सेवामा रहेको गोदाममा छापा मारेको थियो ।

गोदाम चेक जाँच गर्दा सिमी दाल २२ बोरा, लेडिज सुट २ सय १० पिस, चुन्नी ७० पिस, प्लाष्टिक बाटा ७ बन्डल गरी अन्दाजी ३ लाख मुल्य बराबरको अवैध सामान बरामद गरिएको र तस्करी गरेको आरोपमा क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।सोही ठाउँमा सुर्खेत सिम्ता–९ घर भई हाल नेपालगन्ज बस्ने नर्मदा पोख्रेलले सञ्चालन गरेको यमन ढुवानी सेवाको गोदामबाट पनि धोती कपडा ३९ पिस, सुट ७० पिस, झोला ४४ पिस, बेल्ड ३५ पिस, पेन्टी ६० पिस, साडि ३ पिस, बलाउज २२ पिस, लेगिज ४ पिस, पेटिकोट ५ पिस, बच्चा बच्चीको कपडा ५ पिस गरी विभिन्न किसिमका लत्ता कपडा गरी करिव ४ लाख बरबरको सामान फेला पारी पोखे्रललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui