राजदूत सुनुवाई अन्योलमा

59

काठमाडौं, साउन १७–
सरकारले प्रस्तावित राजदूतको संसदीय सुनुवाई नहुँदै एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाएको भन्दै सुनुवाई समितिले मुख्य सचिव र परराष्ट्रसचिवसँग छलफलगर्ने भएको छ । मन्त्रिपरिषद्रको गत बैशाख १० गतबसेको बैठकले विभिन्न २२ मुलुकमा राजदूत नियुक्तीकालागि सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेका राजदूतको आजदेखि सुनुवाई प्रक्रिया सुरु गर्ने कार्यतालिका तय गरेको थियो । तर सरकारले संसदीय सुनुवाई नभइकनै सम्बन्धित मुलुकमा एग्रिमोकालागि नाम पठाएको समाचार सार्वजनिक भएपछि सो सम्बन्धमा बुझ्न भन्दै मुख्यसचिव र परराष्ट्रसचिवसँग छलफल गर्ने निर्णय गरेको हो ।

समितिले सोमबार मुख्य सचिव र परराष्ट्रसचिवलाई समितिमा बोलाउने निर्णय गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिए । सुनुवाई समितिको बैठकमा समिति सदस्य एवं कांग्रेस सांसद प्रकाशशरण महतले प्रस्तावित राजदूतको संसदीय सुनुवाई नै नभइ सरकारले सम्बन्धित मुलुकमा एग्रिमो पठाएको समाचार बाहिर आएको भन्दै सो सम्बन्धमा छानविन गर्नुपर्ने माग राखेका थिए ।

Womui
Womui