‘मापदण्ड सच्याउनुपर्छ’ : कोईराला

143

नेपालगन्ज, साउन १६–
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले स्थानीय तह पुनःसंरचनाको मापदण्ड सच्याउनुपर्ने बताएका छन् । अहिलेको मापदण् अत्यन्त अव्यवहारिक भएको उनको भनाई छ । नेपाली काँग्रेस बाँकेले आइतबार नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको जिल्लाका लागि एउटै प्रकारको मापदण्ड भने हुन नसक्ने स्पष्ट पारे । संविधानले गाउँपालिकालाई धेरै अधिकार दिएको कोईरालाले बताए । उनले भने, ‘स्थानीय तहको क्षेत्र निर्धारण प्राविधिक हिसाबले बनाएको छ, त्यसकारण अव्यबहारिक छ, यसलाई मिलाउनुपर्छ ।’ स्थानीय तहको निर्वाचनलाई कसैले रोक्न नसक्ने भन्दै अहिले देखि नै तयारी गर्न र जनतासँग आफ्नो सम्वन्ध बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यकर्तालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला ।
कार्यकर्तालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला ।

संविधान कार्यान्वयन नै मुलुकको पहिलो काम भएको नेता कोईरालाले बताए । उनले पार्टीको साधारण सदस्यता नबाँड्ने तर अधिवेशनको अन्तिम समयमा एकैचोटी क्रियाशिल सदस्यता आफ्ना आफन्त, नातागोतालाई बाँड्ने प्रवृत्ती बढेको भन्दै त्यसलाई पार्टीले रोक्नुपर्ने धारणा राखे । उनले थपे, ‘एकले अर्कोलाई हराउनको लागि क्रियाशिल सदस्यता बाँड्ने होईन, पार्टीलाई बलियो बनाउनका लागि बाँड्ने हो ।’ नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति युवराज शर्मा, पुर्वसांसद कृष्णसिंह परियार लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालन काँग्रेस बाँकेका सचिव कपिलदेव शर्माले गरेका थिए ।

Womui
Womui