कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने

83

काठमाडौं, साउन १६–
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने जरुरी सार्वजनिक महत्वको प्रस्तावबारे संसदमा छलफल हुने भएको छ । वरिष्ठ डा. गोविन्द केसी चिकित्सा क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बस्दा अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग पनि राखेका थिए ।

Lok Man Sin Karki

डा. केसीले माग राखेपछि कांग्रेस सांसद गगन थापा, धनराज गुरुङ र माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए । आइतबार सभामुख ओनसरी घर्तीले तीन दलका प्रमुख सचेतक तथा प्रस्तावकसँग छलफल गरेकी थिइन् । सोहि छलफलमा संसद महासचिव मनोहर प्रसाद भट्टराईलाई यो विषयमा सबै सांसदलाई छलफलको लागि जानकारी गराउन भनेको पनि गुरुङले बताए ।

Womui
Womui