बाँके जिविस मुलुकै दोसो

42

नेपालगन्ज, असार ३०–
जिल्ला विकास समिति बाँके न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा मुलुककै दोस्रो भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको नतिजा अनुसार बाँके दोस्रो भएको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठित सुपरीवेक्षण तथा व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको नतिजालाई स्वीकृत गरेको थियो ।

मुल्यांकनको अन्तिम नतिजा अनुसार जिविसतर्फ ८७ अंक प्राप्त गरी धनकुटा जिविस पहिलो, ८५ अंक प्राप्त गरी बाँके जिविस र दैलेख जिविस दोस्रो तथा ७५ अंक प्राप्त गरी पाँचथर, प्यूठान र काँस्की तेस्रो स्थानमा आएका छन् । यस्तै नगरपालिकातर्फ ९० अंक प्राप्त गरी बुटवल उपमहानगरपालिका पहिलो, ८९ अंक प्राप्त गरी धनकुटा नगरपालिका र हटौडा उपमहानगरपालिका दोस्रो तथा ८८ अंक प्राप्त गरी घोराही नगरपालिका तेस्रो स्थानमा रही उत्कृष्ठता हासिल गरेका छन् ।

Womui
Womui