बिद्युत उपभोक्ता आन्दोलनमा उत्रिए

30

नेपालगन्ज, असार १६–
नेपालगन्जका बिद्युत उपभोक्ता पुनः आन्दोलित भएका छन् । लोडसेडिङले जनजीवन कष्टकर बनेको भन्दै उपभोक्ता आन्दोलित भएका हुन् । ठुलो संख्याका उपभोक्ता बिहीबार दिउँसो नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर कार्यालय घेराउ गरेका थिए । बिद्युतले मनपरी ढंगले गरिरहेको लोडसेडिङ बन्द गर्नुपर्ने, लोडसेडिङ गर्नुपरेपनि तालिका अनुसार गर्नुपर्ने उनीहरुको माग छ । उद्योगी, व्यवसायी, नागरिक समाज तथा ग्रामिण क्षेत्रका उपभोक्ताहरु सहभागि भए ।

बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेर समस्या समाधानका लागि केन्द्रमा पहल गरिदिन आग्रह गरेका थिए । करिव ४ दशक अघि भएको सम्झौता अनुसार नेपालगन्जमा भारतीय लाइन वितरण गरिएको छ । भारतले न्यूनतम ५ देखि १२ मेघावाट बिद्युत दिदै आएकोमा पछिल्लो समयमा मुस्लिम समुदायको चार्ड रमजानलाई मध्यनजर गर्दै दैनिक रुपमा ९ मेघावाट मात्र बिद्युत दिइरहेको छ ।

Womui
Womui