वार्ताका लागि चुरे भावरलाई सरकारले पत्र पठायो

71

काठमाडौं, असार १–
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन सरकारले पत्र पठाएको छ । प्रधानमन्त्री केपी ओलीले पत्र पठाएका हुन् । उक्त पत्र बुधबार आफुले पाएको चुरे भावरका अध्यक्ष बद्री न्यौपानेले बताए । पत्रलाई सकारात्मक रुपमा लिएको उनको भनाई छ । चुरे भावरले विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ । प्रधानमन्त्रीको पत्रको जवाफ चाँडै दिने अध्यक्ष न्यौपानेले बताए ।

Womui
Womui