बस र ट्रक ठोक्किएर आगो लाग्दा एकको मृत्यु

20

सिरहा, जेठ २७–
यात्रुबाहक बस ट्रकसँग ठोक्किए लगत्तै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार सिरहाको गोलबजारमा बिहीवार बिहान ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा एक नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उनले बताए । आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ । मुसलाधारे पानी परिरहेकाले यात्रुको उपचारको व्यवस्थापन गर्न बिहान समस्या भएको थियो ।

Womui
Womui