सडक दुर्घटनामा एमाले नेताको निधन

29

नेपालगन्ज, बैशाख २१-
एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य भेदलाल ओलीको सडक दुर्घटनामा परेर निधन भएको छ । पुर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजेतिर मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । उनले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका अन्दाजी ५३ बर्षिय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । बाँके, खासकुश्मा–२ कुसुम निवासी मृतक ओलीको शव पोष्ट मार्टमका लागि अहिले भेरी अञ्चल अस्पताल नेपालगन्जमा ल्याइएको छ । अस्पतालमा आफन्त, इष्टमित्र, पार्टीका नेता, कार्यकर्ता पुगेका छन् । मृतक ओली खासकुश्मा गाविसका पुर्व अध्यक्ष हुन् ।

Womui
Womui