बहिनीलाई बलात्कार गर्ने पक्राउ

22

नेपालगन्ज, बैशाख २०–
वर्षौदेखि आफ्नै बहिनी नाता पर्ने दश बर्षीया बालिकालाई जबर्जस्ती करणी गर्दै आएका २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत भेरीगंगा–५ घर भई बाँके नौवस्तामा आफ्नै अंकलको घरमा बस्दै आएकी बहिनीलाई करणी गरेको आरोपमा २२ वर्षीय समीर सार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार सार्कीले २०७२ साउन १७ गते २०७२ चैत १४ सम्म ती बालिकालाई करणी गर्दै आएका थिए । आरोपी सार्कीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

लामो समयदेखि घरमा दाई नातेदारबाट करणीमा पर्दै आएका बालिका एक्कासी बिरामी भएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर बस्नेतले बताए । ‘बालिका बिरामी भएपछि परिवारले कोहलपुर र नेपालगन्जमा उपचार गराउन ल्याए, यहाँ सम्भव नभएपछि काठमाडौंमा उपचार गराउने क्रममा बलात्कृत हुने गरेको तथ्य खुलेको होे,’ उनले भने । पीडित बालिकाले अस्पतालका डाक्टरसँग दाईले करणी गर्दै आएको बताएपछि समीरलाई पक्राउ गरिएको हो । पीडित बालिकाका आमाबुवाले वास्तविक थाहा पाएपछि आइतबार कोहलपुर प्रहरीमा सार्की विरुद्ध जाहेरी दिएका थिए ।

पक्राउ परेका सार्की एक वर्षदेखि अंकलको घरमा बस्दै गाडी सह–चालक काम गर्दै आएका थिए । बालिकाका आमाबुवा कामको सिलसिलामा घरबाहिर गएको बेला करणी गर्ने गरेको पाइएको डिएसपी बस्नेतले जानकारी दिए । वर्षौदेखि करणीको सिकार हुँदै आएकी बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनको अहिले काठमाडौंमा उपचार भैइरहेको प्रहरीको भनाई छ ।

Womui
Womui