एपिएफ सेमिफाइनलमा प्रवेश

137

नेपालगन्ज, बैशाख १९–
लखनउ–११ लाई २–१ ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै एपिएफले वेष्ट काठमाडौं एफसीसँग मंगलबार सेमिफाइनल खेल्ने भएको छ । कप्तान पासाङ लामा र महेश लामाको २ गोलको मद्धतमा एपिएफ आइतबार सेमिफाइनलमा पुगेको हो । लखनउ–११ का सकल रेग्मीले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । पहिलो हाफको निर्धारित ४० मिनेट सम्म एपिएफलाई पुरै दवावमा राख्न लखनउका लागि नेपाली खेलाडीको योगदान रहेको थियो ।

सशस्त्र प्रहरीको एपिएफ क्लब र लखनउ–११ का खेलाडी ।
सशस्त्र प्रहरीको एपिएफ क्लब र लखनउ–११ का खेलाडी ।

खेलको दोस्रो हाफको ५६ औं मिनेटमा एफिएफका क्याप्टेन पासाङ लामाले एक गोल फर्काएपछि निर्धारित ८० मिनेट सम्म खेल १–१ को बराबरीमा पुगेको थियो । पाँच मिनेटको इन्जुरी समयमा एपिएफकै महेश लामाले गरेको गोल थपेपछि जितका लागि निर्णायक बन्यो । खेलमा एपिएफका पासाङ लामा म्यान अफ द म्याच भए । लामालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले एम.आई. फोर कम्पनीको मोबाईल सेट हस्तान्तरण गरेका थिए ।

Womui
Womui