श्रमिक मैत्री नीति निर्माण गर्न माग

60

नेपालगन्ज, बैशाख १९–
श्रमिक मैत्री नीति निर्माण गर्न बाँकेका श्रमिकहरुले माग गरेका छन् । १२७ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरुले यस्तो माग गरेका हुन् । श्रमिक दिवसका अवसरमा आइतबार बिहान कांग्रेस निकट टे«ड युनियन कांग्रेस र एमाले निकट टे«ड युनियन महासंघ (जिफन्ट)ले छुट्टा–छुट्टै ¥याली निकालेका थिए । ¥यालीपछि टे«ड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने मजदुरले संविधान बनेपनि मजदुरमैत्री नीति निर्माण नभएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गरे ।

Sramik Day- Congresh

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाले आफ्नो हक अधिकारका लागि सबै मजदुरहरु एकै ठाउँमा उभिनुपर्ने बताईन् । सबै मजदुरलाई एकै ठाउँमा ल्याउन टे«ड युनियन कांग्रेसले व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । कांग्रेसले टे«ड युनियनमा आवद्ध विभिन्न संगठनसँग समन्वय गरिरहेको सभापति कोईरालाले बताईन् । उनले महिला र पुरुषबीच काम गरेवापत पारिश्रमिकमा कसैले पनि अब विभेद गर्न नपाउने चेतावनी दिईन् । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले मजदुरका हक अधिकार सुरक्षित नहुँदा सम्म राष्ट्र निर्माण हुन नसक्ने कुरामा जोड दिए । मजदुरको आन्दोलन कमजोर भएमा लोकतन्त्र नै कमजोर हुने उनको भनाई छ । कांग्रेसले मजदुरबीच एकता चाहेको सचिव पौडेलले बताए ।

Sramik Day
टे«ड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष लक्ष्मी कुमारी पौडेलले मजदुरलाई परेका समस्याका विषयमा टे«ड युनियन कांग्रेस कहिल्यै पछाडी नपरेको दाबी गरिन् । ‘हामीले सिप्रदीका मजदुरको जागिर पुर्नबहाली गरेर न्याय ग¥यौं, फुलटेक्रा आँखा अस्पताल, नेपालगन्ज मेडिकल कलेज लगायत तमाम ठाउँका मजदुरलाई न्याय दिएका छौं,’ उनले भनिन् ‘कुनैपनि मजदुरलाई अन्याय भएको छ, भने हामी नेतृत्व गर्न तयार छौं ।’ टे«ड युनियन कांग्रेसले धम्बोझ चोकबाट निकालेको ¥याली सुर्खेत रोड गणेशमान चोक हुदै कांग्रेस पार्टी कार्यालयमा पुगेर समापन भएको थियो । कार्यक्रममा शिक्षक महासंघका केन्द्रिय सदस्य ललिता उपाध्याय, स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष सरोज शाह, नेपाल कारखाना श्रमिक संघ कर्णाली डिष्टीलरीका आशिष गुरुङ, श्रम कार्यालयका भोजराज जोशी, सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष रुद्र अधिकारी, टे«ड युनियन कांग्रेसका सदस्य पुष्पानन्द गिरी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन ट्रेड युनियन कांग्रेसका सचिव ऋषिराज शर्माले गरेका थिए ।

 Sramik Day Jifant

यस्तै एमाले निकट टे«ड युनियन महासंघ (जिफन्ट)ले पुष्पलाल चोकबाट निकालेको ¥याली धम्बोझी चोकमा पुगेर समापन भएको थियो । कोण सभालाई एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, एमाले निकट विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधी लगायतले सम्बोधन गरेका थिए । कोण सभामा बोल्ने बक्ताले मजदुरलाई हक अधिकार दिनुपर्ने बताएका थिए । श्रमिक दिवसका अवसरमा एकिकृत माओबादी निकट टे«ड युनियनले भने ¥याली निकालेन । औद्योगिक क्षेत्रमा कार्यक्रम गरी उक्त टे«ड युनियनले दिवस मनाएको छ ।

Womui
Womui