कक्षा कोठा सामाग्री वितरण

69

नेपालगन्ज, चैत ६–
विभिन्न बिद्यालयलाई कक्षा कोठा सामाग्री वितरण गरिएको छ । नेपालगन्जका ४ बिद्यालयमा सञ्चालित बाल विकास केन्द्र र बाँकेका १२ वटा मदरसालाई बाँके युनेस्को क्लबले सामाग्री वितरण गरेको हो । क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा सेभ चिल्ड्रेनका कार्यक्रम संयोजक विरेन्द्र थापा र क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले संयुक्त रुपमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र बिद्यालयका शिक्षकलाई सो सामाग्री हस्तान्तरण गरे । बालविकास केन्द्रलाई वितरण गरिएको सामाग्रीमा प्रत्येक केन्द्रलाई १५ मिटर कार्पेट, २१ मिटर पिफोम र २५ थान कुशन रहेका छन् ।

Womui
Womui