बेलायती राजकुमार ह्यारी आउँदै

44

काठमाडौं, चैत ६–
बेलायती राजकुमारी ह्यारी शनिबार नेपाल भ्रमणमा आउँदैछन् । बेलायतका कान्छा राजकुमार ह्यारी दिउँसो ३:१० मा त्रिभुवन विमानस्थलमा उत्रिनेछन् । कतार एयरवेजको विमानबाट विमानस्थल उत्रिने ह्यारीले शनिबारै भेटघाटको कार्यक्रम राखेका छन् । विमानस्थलबाट उनी नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको उपलक्ष्यमा याक एण्ड यती होटलमा आयोजित समारोहमा ह्यारी सहभागी हुन जानेछन् ।

Rajkumar

परराष्ट्र मन्त्रालयका अनुसार ह्यारीले शनिबारै प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ । आइतबार राष्ट्रपति विद्या भण्डारीलाई ह्यारीले भेट्ने कार्यक्रम तय भएको छ । उनले मध्यपश्चिमका विभिन्न जिल्लाको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । ह्यारीले भूकम्पबाट क्षति भएको पाटन दरबार स्क्वायरका मन्दिर तथा भवनहरूको पुनःनिर्माणबारे जानकारी लिने जनाइएको छ ।

Womui
Womui