फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त

75

रसुवा, चैत ४–
राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनामा परेको छ । भूकम्पबाट भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । कल साइन ९ एन ए जे आइ भएको उक्त हेलिकप्टरमा स्विडिस क्याप्टेन निकोलस एक्लै थिए ।

Fistel Air

लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो । हेलिकोप्टर भुइँमा बजारिएपछि भित्र रहेका पाइलट निकोलशलाई स्थानीयबासीले सिसा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् ।

Fistel Air 1

Fistel Air 2

Womui
Womui