पत्रकार धम्क्याउनेलाई कारबाही गर्न युनियनको माग

170

नेपालगन्ज, चैत ४–
नेपालगन्जमा क्रियाशिल पत्रकार विनय दिक्षितलाई भौतिक आक्रमण गर्ने धम्की आएको सम्वन्धी समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका सचिव अर्जुन ओलीले बिहीबार प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ, ‘दिक्षितलाई धम्की दिएको २४ घण्टा वितिसक्दा पनि प्रहरीले पक्राउ नगरेकोमा युनियनको आपत्ति छ ।’

Press Union Logo

प्रेस युनियनले दोषीलाई कानुनी कारबाही तथा पत्रकारलाई भयरहित अवस्थामा काम गर्ने वातावरण मिलाउन सम्वन्धित सबै पक्षसँग माग गरेको छ । पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर बाँके, मटेहिया–५ निवासी ठेकेदार बच्छराम भन्ने रामचरण यादवले आफुलाई बुधबार बिहान फोनबाट धम्की दिएको पीडित पत्रकारले बताएका छन् ।

Womui
Womui