पार्टीलाई एक ढिक्का बनाएर लैजाने सभापति देउवाको अठोट

30

काठमाडौं, चैत ३–
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी्भित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँले बुधबार आयोजना गरेको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डाभन्दा पनि काँग्रेस एक ढिक्का बनाउने बताए । ‘नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमांकनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ,’ उनले भने ।

Congresh-KTM 1

नवनिर्वाचित महामन्त्री डा. शशांक कोइरालाले विजय हुनेको त यसै पनि इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्ने बताए । ‘पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन, काँग्रेस यस्तो हुनुहुँदैन,’ उनले भने । राष्ट्रियतालाई जोगाउँदै काँग्रेसको नेतृत्वमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ छ ।

Congresh-KTM 2

नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले अहिलेको नयाँ नेतृत्वले पार्टीलाई एक ढिक्का बनाउँदै मधेस समस्या समाधान गरी सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिइन् । केन्द्रीय सदस्य प्रकाशमान सिंहले मनोनीत केन्द्रीय सदस्यमा पराजय हुनेलाई मात्र स्थान दिनेभन्दा पनि सही मान्छे छान्नका लागि नेतृत्वलाई आग्रह गरे । उनले लामो समयदेखि हुन नसकेको काँग्रेसका भ्रातृ संगठनको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताए ।

Congresh-KTM 3

Congresh-KTM- Deuba 4

Womui
Womui