जयबागेश्वरी उच्च माबिद्धारा पुरस्कार वितरण

48

नेपालगन्ज, चैत ३–
जयबागेश्वरी उच्च माध्यामिक बिद्यालय नेपालगन्जले एक समारोहका बीच बार्षिक खेलकुद पुरस्कार वितरण कार्यक्रम गरेको छ । बिद्यालयका संस्थापक अधयक्ष प्रशन्न राजभण्डारीको सभापतित्व एवम् जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदको प्रमुख आतिथ्यमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

JB School

बाँकेका सांसद दलबहादुर सुनार, बिद्यालयका संस्थापक प्रिन्सिपल विद्यामान राजभण्डारी, शिक्षक, अभिभावक, बिद्यार्थी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा खेलकुद विधामा विभिन्न स्थान ल्याएका बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । यस्तै बिद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएको कदर स्वरुप बाँकेका ९ जना पत्रकार सहित कलाकार, बिद्यालयका पुर्व कार्यसमिति सदस्य, जिल्ला शिक्षा कार्यालयका पुर्व बिद्यालय निरिक्षक र पुर्व शिक्षकलाई सम्मान गरिएको थियो । सो क्रममा बिद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

Womui
Womui