कांग्रेस केन्द्रीय सदस्यको मत गणना आज सार्वजनिक गरिने

56

काठमाडौं, फागुन २८–
नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मतगणना आज तेस्रो दिन पनि हुँदैछ । मत गणना ढिला हुनेभएपछि मत गणनाका लागि आज पाँच स्थानमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबारबाट महिला, मधेशी, आदिवासी जनजाति र दलिततर्फका २१ वटा आरक्षित सीटका केन्द्रीय सदस्यको मतगणना गर्ने भएको छ । बिहान १० बजेबाट आरक्षित तर्फको मतगणना गर्ने र सकेसम्म बेलुकासम्म नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । महिलाको ६ सीटमा ३८, आदिवासी जनजातितर्फ ३ सीटमा ४०, आदिवासी जनजाति महिलाको २ सीटमा १२, दलिततर्फ ३ सीटमा २०, दलित महिलाको २ सीटमा ५, मधेशीतर्फ ३ सीटमा १५ र मधेशी महिलाको २ सीटमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले २१ आरक्षित सीटको मतगणना सकेपछि मात्र प्रदेशतर्फका केन्द्रीय सदस्यको मतगणना गरिने जनाएको छ । यस अघि दोस्रो दिन मुस्लीम कोटाबाट फर्मुल्लाह मन्सुर केन्द्रीय सदस्यमा निर्वा्चित भएका छन् । उनी शेरबहादुर देउवा पक्षका हुन् । उनले १ हजार २ सय २२ मत पाएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । १३ औं महाविशेनबाट केन्द्रीय सदस्य हुने फर्मुल्लाह पहिलो सदस्य हुन् ।

Womui
Womui