मैतिदेवी–डिल्लीबजार सडक कालोपत्रे

145

काठमाडौं, फागुन २७–
विस्तारीत सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार कम्पनिको ढिलासुस्ति र लापरवाहीका कारण लामो समयदेखी अवरुद्ध भएको मैतिदेवी–डिल्लीबजार सडकमा बल्ल कालोपत्रे गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले मैतीदेवी देखी डिल्लीबजार कालिकामोडसम्मको करिब एक किलोमिटर सडक निर्माणको जिम्मा महालक्ष्मी–वल्र्डवाइडलाई दिएको छ ।

कम्पनीले निर्धारित मितीभन्दा ९ महिना ढिला गरी बुधबार उक्त सडक कालोपत्र गरेको हो । आयोजनाले उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरी ०७१ मंसिर १७ गते र फागुन २९ गते करिब ४ करोड ४५ लाखमा सम्झौता गरेको थियो । जसमा कालिकामोडदेखी डिल्लीबजार पिपलबोटसम्मको खण्ड गत वैशाख २९ गते भित्र निर्माण भैसक्नु पर्ने थियो भने पिपलबोटदेखी मैतीदेवीसम्मको खण्ड जेठ ३० गतेभित्र सकिनु पर्ने थियो । तर, दुवै खण्डको निर्माणको काममा कम्पनीले सम्झौता भएको मितिदेखी नै आलटाल गर्दै आइरहेको थियो । कम्पनीले काममा ढिलाई गर्न थालेपछि आयोजनाले त्यतीबेला नै काम छिटो गर्न निर्देशन दिएको थियो ।

आयोजनाको निर्देशनपछि कम्पनीले विधुत, टेलिफोन र खानेपानीले समयमा नै काम गर्न नदिएको भन्दै बहाना बनाएको थियो । त्यसपछि वैशाखामा आएको भुकम्प, वर्षात र नाकाबन्दीको बहाना गर्दै काममा ढिला गरेको कम्पनीले आयोजना र स्थानीयको दबाबपछि बल्ल कालोपत्र गरेको हो । आयोजना प्रमुख मनोज श्रेष्ठले नाकाबन्दी फिर्तासँगै इन्धन उपलब्ध हुन थालेपछि कामलाई तिव्र बनाउन कम्पनीलाई निर्देशन दिइएको बताए ।

Womui
Womui