निर्वाचित देउवा र पराजित पौडेलको मत कति ?

129

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३ औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय ३० मतले पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् । देउवाले १८ सय २२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेलको १२ सय ९६ मत छ ।

२२ मत बदर भएका छन् । आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबार भन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १ सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागि थिए ।

Womui
Womui