कांग्रेसको नवौं सभापतिमा देउवा विजयी

56

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । देउवाले पौडेललाई भारी मत अन्तरले पराजित गरेका हुन् । १३ औं महाधिवेशन अन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् ।

Sherbahadur-Deuwa

आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबारभन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १ सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागि थिए ।

Womui
Womui