देउवा र पौडेलबीच कडा प्रतिस्पर्धा

64

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि सोमबार दोस्रो पटकको निर्वाचन भएको छ । नेतृत्वका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच कडा प्रतिस्पर्धा भएको छ । दोस्रो निर्वाचनमा ३ हजार १ सय २० मत खसेको थियो । निर्वाचनमा १५ मत बढी देखिएपछि मत गणनाबीचमै प्रभावित भएको छ निर्वाचनमा ३ हजार १ सय २० मत खसेकोमा सर्टिङ गर्दा ३ हजार १ सय ३५ मत देखिएपछि मतगणना प्रभावित बनेको थियो । यद्यपी निर्वाचन समितिको बैठकले ती मतपत्र सदर गर्ने निर्णय गरिसकेको छ ।

Ser Bahadur- Ramchandra

सभापति चयनका लागि सोमबार भएको दोस्रो निर्वाचनमा पहिलो चरणको भन्दा २८ मत कम खसेको छ । सोमबार २ बजेदेखि ६ः४५ सम्म राष्ट्रिय सभागृहमा निर्वाचन गराइएको थियो । आइतबारको पहिलो निर्वाचनमा कूल ३ हजार १ सय ४८ मत खसेको थियो । त्यसमध्ये १ सय मत बदर भएका थिए । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनले सभापति चयन गर्न नसकेपछि दोस्रो चरणको चुनाब भएको हो ।

Congresh 2

पहिलो चरणको चुनामा सभापतिका तीन प्रत्यासी(शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) मध्ये कसैले पनि बहुमत ५० प्रतिशतभन्दा बढी पुर्याउन नसक्दा नेतृत्व छनोट प्रक्रिया लम्बिएर सोमबार फेरि चुनाब गर्नु परेको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको मतदानमा सिटौला सहभागी भएनन् । मतदान सुरु हुनुभन्दा पहिला विज्ञप्ती जारी गर्दै सिटौलाले आइतबारको मतको कदर गर्दै चुनाबमा नगई नेतृत्व चयन गर्न आग्रह गरेका थिए । सोमबार मतदान नगर्नेहरु सिटौला प्यानलका प्रतिनिधी भएको हुन सक्ने अनुमान गरिएको छ ।

Womui
Womui