बढी भेटिएका मत सदर गर्दै मतगणना सुरु गर्ने निर्णय

57

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा बढी भेटिएका १५ मतलाई सदर गर्ने निर्णय भएको छ । १५ मत बढी देखिए पछि मतगणना स्थलमा ति मत गन्ने कि नगन्ने भन्नेबारे विवाद भएको थियो । निर्वाचनमा ३ हजार १ सय २० मत खसेकोमा सर्टिङ गर्दा ३ हजार १ सय ३५ मत देखिए पछि मतगणना प्रभावित बनेको थियो । धेरै देखिएका मतपत्रको विवाद समाधान गर्न निर्वाचन समितिको बैठक बसेको थियो । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अब केहीबेरमै मतगणना सुरु गर्ने जानकारी दिए । ‘बढी भेटिएका मत सदर गर्ने निर्णय गर्यौं,’ उनले भने । तीन ठाउँमा मतगणना गर्ने निश्चित भएपनि चार ठाउँमा मत गन्ने तयारी भएको छ ।

Womui
Womui