जिशिअको नक्कली हस्ताक्षरमा प्रअको कमाउ धन्दा

37

बारा, फागुन २३–
राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति दिलाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका सदस्य पक्राउ परेका छन् । नक्कली नियुक्तिपत्र र दरबन्दी अभिलेख बनाएर सर्वसाधारणबाट रकम असुल्ने उनीहरूलाई बारा प्रहरीले समातेको हो । सर्वसाधारणबाट पैसा असुल्न जिल्ला शिक्षा अधिकारीको किर्ते हस्ताक्षरमा नियुक्तिपत्र र शिक्षक दरबन्दीको अभिलेख बनाएर दिएको आरोपमा एक शिक्षकसहित दुईजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

उक्त आरोपमा पक्राउ पर्नेमा करैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकका प्रधानाध्यापक उपेन्द्र साह तेली र उनका सहयोगी देवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । कोल्हबीका मुक्तिनारायण चौधरीले घरका सदस्यहरू भगवती, जितेन्द्र र उर्मिलालाई राहत कोटामा नियुक्त गर्न ९० हजार रुपैयाँ देवनारायाणलाई दिएका थिए ।

Womui
Womui