रत्नपार्कमा एकैदिन एक लाख आम्दानी

62

काठमाडौं, फागुन २३–
काठमाडौंस्थित रत्नपार्कमा एकै दिन एक लाख आम्दानी भएको छ । दैनिक १५ देखि २० हजार मात्र राजस्व संकलन हुँदै आएको रत्नपार्कबाट बिहीबार एकै दिन १ लाख भन्दा बढी राजस्व संकलन भएको हो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नपार्क छिर्नेको घुइँचोले यति बढी आम्दानी गराएको बताइएको छ । असारदेखि स–शुल्क भित्रने व्यवस्था गराइएको रत्नपार्कमा विहीबार मात्र १ लाख १ हजार रुपैयाँ राजस्व जम्मा भएको काठमाडौं महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिएका छन् ।

Womui
Womui