चालीस लाख थान पुस्तक अझै छापिएन

40

काठमाडौं, फागुन २२–
विगत वर्षझैं आगामी शैक्षिक सत्रमा पनि स्कुले विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने निश्चित भएको छ । पाठ्यपुस्तक छपाइ तथा वितरणसम्बन्धी सरकारी निर्णयमा ढिलाइसँगै प्रकाशकबीच विवाद लम्बिँदा विद्यार्थी किताबबिनै पढाइ थाल्न बाध्य हुँदै छन् । पाठ्यपुस्तक छपाइ तथा वितरणको आधिकारिक जिम्मेवारी पाएको जनकशिक्षा सामग्री केन्द्रले निर्णयमा ढिलाइकै कारण यस वर्ष पनि समयमा सबै किताब छाप्न सक्ने अवस्था छैन ।

जनकशिक्षाका प्रबन्धसञ्चालक अनिलकुमार झाले बाँकी करिब ४० लाख थान पुस्तक छाप्न निजी प्रकाशनगृहलाई तीनपटक टेन्डर आह्वान गर्दा पनि कोही तयार नभएको बताए । फागुन १८ गते नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधव केसीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निजी प्रकाशन गृहहरूलाई सामुदायिक विद्यालयका कक्षा १–७ सम्मका पाठ्यपुस्तक छाप्ने अधिकार नदिएसम्म कुनै पनि निजी प्रकाशन गृहलाई जनकको पाठ्यपुस्तक छपाइ टेन्डरमा सहभागी नहुन आह्वान गरेका छन् । जनकले कक्षा ६ र ७ का करिब ४० लाख थान पुस्तक अझै छाप्न बाँकी छ । सरकारले नयाँ शैक्षिक सत्रका लागि जनकलाई कक्षा ६ देखि १० सम्मका एक करोड ६० लाख थान पुस्तक छाप्ने जिम्मा दिएको थियो ।

हालसम्म ७५ लाख थान किताब जनकले छापेको छ । ‘हामीले पटकपटक गरी तीनपटक नपुग पुस्तक छपाइका लागि निजी प्रकाशन गृहहरूसँग सहकार्यका लागि टेन्डर आह्वान ग¥यौं । तर निजीले जनकलाई तल देखाउन सिन्डिकेट गरी सही तरिकाले कोही आएनन,’ झा भन्छन, ‘जनकले कागज उपलब्ध गराइदिने र निजीले कक्षा ६ र ७ का करिब ४० लाख थान पुस्तक छापेर दिने भनेका छौं । बाँकी प्याकिङ, कटिङ, कभरिङ र वितरणको सबै काम जनकले नै गर्नेभन्दा पनि निजीहरू आएनन् ।’ उनले थपे, ‘नेपाल मुद्रण उद्योग महासंघले सार्वजनिक रूपमै प्रेस विज्ञप्ति जारी गरी कक्षा १–७ सम्मका पाठ्यपुस्तक छपाइको माग गर्दै निजी प्रकाशन गृहहरूलाई बोलपत्रमा भाग नलिन आह्वान गर्दा पनि सरकार मौन छ ।’ शिक्षा मन्त्रालयका जिम्मेवार पदाधिकारीहरूको गैरजिम्मेवारीपनकै कारण वर्से्नि बालबालिकाले समयमै पुस्तक पाउन नसकेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । नागरिक दैनिकमा खबर छ ।

Womui
Womui