भारतसँग असमझदारी सकिएको प्रधानमन्त्रीको दावी

39

काठमाडौं, फागुन १३–
प्रधानमन्त्री केपी ओलीले भारतले नेपालको संविधानको स्वागत गरेको जनाउँदै आफ्नो भ्रमण पूर्ण सफल भएको दाबी गरेका छन् । संयुक्त विज्ञप्ति जारी नगरी भारतको ६ दिने राजकीय भ्रमणबाट बुधबार स्वदेश फर्केका उनले अब भारतसँग ३–४ महिनायता जस्तो अनावश्यक असमझदारी नदोहोरिने स्पष्ट पारे । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले नेपालको नयाँ संविधानलाई महŒवपूर्ण उपलब्धि बताउनुभयो, त्यसको स्वागत गर्नुभयो,’ बुधबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै ओलीले भने, ‘नयाँ संविधान जारी गर्न सफल भएकोमा नेपाली राजनीतिज्ञको सुझबुझ र सफलतालाई बधाई दिनुभयो ।’

PM Oli

भारत प्रस्थान गर्नुअघि दुई देशबीचको अनावश्यक असमझदारी हटाउने एउटै मात्र उद्देश्य लिएर आफू भ्रमणमा निस्केको उनले स्मरण गरे । भ्रमणका बेला त्यही असमझदारी हटाउन आफू केन्द्रित भएको उनले जनाए । ‘म जुन उद्देश्य लिएर भारत भ्रमणमा निस्केको थिएँ, त्यो पूर्ण रूपमा सफल भएको छ । नेपाल–भारत सम्बन्धमा केही महिनायता तुसारो परेजस्तो भएको थियो, अब त्यस प्रकारको हुन्न भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने । सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बेला भएका उपलब्धि समेटेर दुई देशले संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने अभ्यास रहे पनि प्रधानमन्त्री ओली भने विज्ञप्ति जारी नगरी फर्केका थिए । दुई देशका पदाधिकारीबीच संयुक्त विज्ञप्तिमा राख्ने भाषा (शब्दावली) मा सहमति नजुटेपछि विज्ञप्ति रोकिएको थियो ।

भारतले विज्ञप्तिमा ’संविधानको स्वागत’ भन्ने भाषा राख्न नमानेपछि नेपालले संयुक्त विज्ञप्ति जारी नगर्ने निर्णय लिएको थियो । तर, प्रधानमन्त्री ओलीले भने स्वदेश फर्केलगत्तै भारतले संविधानको स्वागत गरेको दाबी गरेका छन् । ‘केही समययता नेपाल र भारतबीच रहेको ऐतिहासिक र पुरानो मैत्री सम्बन्धमा देखिएको असमझदारी हटाउन जरुरी थियो । पुरानै अवस्थामा पुर्याबउनु पर्ने थियो । र, यो दुवै देशको हितको निम्ति जरुरी थियो,’ ओलीले भने,‘भारतमा हामीले राम्रो आत्मीयता, मित्रता र माया पायौं । भारतबाट स्वागत र आतिथ्य जुन प्रकट भयो, त्यसलाई नेपाल र नेपाली जनताको सम्मानको रुपमा लिएको छु ।’

www.nagariknews.com

Womui
Womui