‘भारतको दवाबमा संविधान संशोधन’ : उपप्रधानमन्त्री केसी

108

बुटवल, फागुन ८–
उपप्रधानमन्त्री चित्रवहादुर केसीले भारतको दवाबमा संविधानको संशोधन गरिएको स्विकार गरेका छन् । भारतले नेपालमा आफू अनुकुलको संविधान नवनेपछि विभिन्न बहाना देखाउदै नाकाबन्दी गरेको बताउदै उनले संविधान संशोधन मार्फत नेपालमा थप हस्तक्षेप बढाएको बताए । संविधान लागू गरौं, संघियता खारेज गरौ भन्ने नाराका साथ हिजोबाट सूरु राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले नेपालमा विकास हुन नसक्नुको पछाडि विदेशी हस्तक्षेप भएको दावी गरे ।

chitra

उनले पहिलो संविधानसभाबाट संविधान जारी हुन नसक्नु, नेपालमा संघियता लगायतका विषय विदेशीको इसारामा भएको बताए । उपप्रधान एंव सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेका केसीले सरकारमै भएपनि राष्ट्रिय हितका लागि आफुले संसदमा संशोधनको विपक्षमा मत दिएको बताए । फागुन ९ गतेसम्म चल्ने सम्मेलनमा देशभरका ६ सय प्रतिनिधि, पर्यवेक्षक सहभागि छन् । उद्घाटन समारोह अघि बुटवलको लखनथापा चौकबाट झाँकी सहितर्को यालीले बुटवल बजार परिक्रमा गरेको थियो । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Womui
Womui