विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईदै

27

काठमाडौं, फागुन ७–
६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज शुक्रबार मुलुकभर मनाईदैछ । दिवसका अवसरमा सरकारले विभिन्न कार्यक्रम गर्दैछ । दिवस मनाउन सरकाले आज सार्वजनिक विदा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ६६ औं प्रजातन्त्र दिवस समारोह समेत गठन भएको छ । उपत्यका बाहिरका जिल्ला सदरमुकाममा स्थानीय विकास अधिकारीको अध्यक्षतामा समिति गठन भइसकेको छ । स्थानीय सामाजिक एवं राजनीतिक संघ–संस्थासहितको सहभागितामा दीपावली, प्रभातफेरी, प्रवचन, खेलकुदजस्ता विविध कार्यक्रम आयोजना हुने जनाइएको छ ।

Womui
Womui